-
-
Purano Bus Park Road Adwait Marg, Kathmandu 44600
Jul 05, 2025
काठमाडौँ २१ असार : काठमाडौँको बागबजारमा रहेको शहीद शुक्र माध्यमिक विद्यालयको कला विभागले आज यहाँ कला कार्यशाला, कला प्रदर्शनीसहित कला शिक्षकहरुलाई सम्मान गरेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला कार्यशाला तथा कला प्रदर्शनीको अवलोकन पश्चात आयोजित सम्मान कार्यक्रममा कलाको जरो विद्यालयको कला शिक्षा रहेको बताउँदै यस्ता कार्यले कला शिक्षकहरुमा हौसला प्रदान हुने बताउनुभयो ।
कला शिक्षकहरुलाई सम्मान गर्दै कुलपति हार्तम्छालीले समाज र शिक्षाको मेरुडण्ड कला रहेको बताउँदै आउँदा दिनमा कला शिक्षकका लागि प्रज्ञा प्रतिष्ठानले पनि पहल गर्ने प्रतिक्रिया दिनुभयो । कार्यशाला समेत आयोजना गरिँदा यसले कलाका विद्यार्थी र शिक्षकबीच प्रायोगिक रुपमा पुस्तान्तरण हुने पनि बताउनुभयो ।
थप जानकारीका लागि, कृपया तल दिइएको लिंकमा जानुहोस्: